
जारी मतगणनाअनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम गरेका छन् । यसअघि सोही क्षेत्रबाट विजयी भएका एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेल ३९८ मतले पछि रहेका छन् ।
प्रदीपले १३३२ मत पाउँदा पोखरेलले ९३४ मत पाएका छन् । हालसम्म ५ हजार १३५ मत गणना सकिएको जनाइएको छ ।