
नेपाली काग्रेसका नेता गुरुराज घिमिरेले मतान्तर फराकिलो बनाउन थालेका छन् ।
मोरङ क्षेत्र नम्बर ४ (१) बाट उम्मेदवार बनेका घिमिरेले १ हजार ७८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जयप्रकाश गच्छदारले १ हजार २६० मत मात्रै प्राप्त गरेका छन् ।
उनीहरूको मतान्तर ५२२ रहेको छ । यस क्षेत्रमा प्रतिनिधिसभामा सत्ता गठबन्धनकै अमनलाल मोदी १ हजारभन्दा बढि मतान्तरले अगाडि छन् ।
मोदीले २ हजार १८९ मत ल्याउँदा एमालेका विनोद ढकालले १ हजार १४६ मत प्राप्त गरेका छन् ।