
गोरखाको २ नम्बर निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता बनाएका छन् ।
प्रचण्डले १ हजार ३२५ मत पाउँदा नेकपा एमालेका अब्दुससलाम मियाले २६६ मत मात्रै पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी २१२ मतका साथ तेस्रो स्थानमा छन् । मंगोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले १४७ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील पन्तले १५, नेकपा मालेका नारायणबाबु आचार्यले १५ मत पाएका छन् ।