३२ असार २०८३, बिहीबार

रोनाल्डो फिट भए स्वागत गर्छु : पोर्चुगलका नयाँ प्रशिक्षक जेसस

असार २६, २०८३
काठमाडौं
रोनाल्डो फिट भए स्वागत गर्छु : पोर्चुगलका नयाँ प्रशिक्षक जेसस

 पोर्चुगलले जर्ज जेससलाई राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ। पदभार सम्हालेलगत्तै उनले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो उपलब्ध र फिट भए राष्ट्रिय टोलीमा स्थान दिने बताएका छन्।

७१ वर्षीय जेससले रोनाल्डो आफ्नो लागि कहिल्यै समस्या नहुने भन्दै राष्ट्रिय टोलीका लागि उपयुक्त अवस्थामा रहे उनी टोलीमा रहने स्पष्ट पारे। उनले आफूले अहिलेसम्म रोनाल्डोसँग कुरा नगरे पनि उनको अन्तर्राष्ट्रिय भविष्यबारे चाँडै छलफल गर्ने बताए।

पूर्व प्रशिक्षक रोबेर्टो मार्टिनेजको नेतृत्वमा विश्वकपको अन्तिम १६ बाट बाहिरिएपछि रोनाल्डोको प्रदर्शनको आलोचना भएको थियो। ४१ वर्षीय रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका छन्, तर राष्ट्रिय टोलीबाट खेल्ने वा नखेल्नेबारे अन्तिम निर्णय भने गरेका छैनन्।

जेसस यसअघि साउदी क्लब अल–नासरमा रोनाल्डोसँग काम गरिसकेका प्रशिक्षक हुन्। उनले रोनाल्डोले आफ्नो क्लब करियर अल–नासरमै समाप्त गर्ने इच्छा व्यक्त गरेको पनि बताए।

पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने सन् २०३० को विश्वकपसम्म जेसस पोर्चुगलको मुख्य प्रशिक्षक रहने अपेक्षा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्