०४ साउन २०८३, सोमबार

एम्बोलोलाई रातो कार्ड, रुँदै मैदानबाट बाहिरिए

असार २८, २०८३
काठमाडौं
एम्बोलोलाई रातो कार्ड, रुँदै मैदानबाट बाहिरिए

 फिफा विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनल खेल नाटकीय मोडमा पुगेको छ। स्विजरल्याण्डले अर्जेन्टिना विरुद्ध बराबरी गोल फर्काएको केही मिनेटमै आफ्ना मुख्य स्ट्राइकर ब्रेएल एम्बोलोलाई रातो कार्डका कारण गुमाएपछि टोली अहिले १० खेलाडीमा सीमित भएको छ।

खेलको ६७ औं मिनेटमा डान एनडोएले उत्कृष्ट गोल गर्दै स्विजरल्याण्डलाई १–१ को बराबरीमा ल्याएका थिए। तर, टोलीले खुसी मनाउन नपाउँदै ७२ औं मिनेटमा खेलले नयाँ मोड लियो।

 मैदानको बीच भागमा अर्जेन्टिनाका लियान्द्रो परेडेसले एम्बोलोलाई फाउल गरेको भन्दै रेफ्रीले सुरुमा परेडेसलाई पहेँलो कार्ड दिएका थिए। तर, भिडियो असिस्टेन्ट रेफ्रीको हस्तक्षेपपछि रिप्लेमा एम्बोलोले 'डाइभ' गरेको स्पष्ट देखियो।

एम्बोलोले पहिलो हाफमै एउटा पहेँलो कार्ड पाइसकेका थिए। 'डाइभ' गरेको भन्दै रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्ड देखाएपछि उनी मैदान छोड्न बाध्य भए। 

रातो कार्ड पाएपछि एम्बोलो रुँदै मैदानबाट बाहिरिएका थिए। रेफ्रीले परेडेसलाई दिएको पहेँलो कार्ड पनि रद्द गरिदिएका छन्। विश्वकपमा देखाइएको यो १४ औं रातो कार्ड हो।
 

salt training

कमेन्ट गर्नुहोस्