
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा स्पेनले बलियो प्रतिद्वन्द्वी फ्रान्सविरुद्ध सुरुवाति अग्रता लिएको छ।
खेलको २२ औं मिनेटमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका हुन्।
खेलको १८ औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र स्पेनका युवा स्टार लामिन यामाललाई फाउल गरेपछि रेफ्रीले स्पेनलाई पेनाल्टीको अवसर दिएका थिए।
बल क्लियर गर्ने क्रममा डिग्नेले यामाललाई हिपमा लात्तीले प्रहार गरेका थिए। खेलको सुरुवातदेखि नै स्पेनले आक्रामक दबाब बनाएको थियो।