२९ असार २०८३, सोमबार

सिन्धुपाल्चोक–१ मा एमाले र २ मा कांग्रेस अगाडि

सिन्धुपाल्चोक–१ मा एमाले र २ मा कांग्रेस अगाडि

सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।

प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नम्बर १ मा ४ हजार ८३८ मत गन्दा नेकपा एमालेका सरेश नेपालले २ हजार ३५ मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले १ हजार ८८४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ प्रदेश (१) मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका युवराज दुलालले २ हजार १६३, नेकपा एमालेका अमान सिंह तामाङले १ हजार २४८ मत प्राप्त गरेका छन् ।

समानुपातिक मत गणना पनि जारी रहेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् । जारी मतगणनामा बस्नेतले २ हजार २३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले १ हजार २८६ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्