१० असार २०८३, बुधबार

दैलेख–२ मा कांग्रेसको अग्रता

दैलेख–२ मा कांग्रेसको अग्रता

दैलेखको २ नम्बर निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका दिक्पाल शाहीले अग्रता लिएका छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार शाहीले नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई १ हजार ३१० मतान्तरले पछि पारेका छन् ।

उनले शुरूआती गणनादेखि नै अग्रता कायमै राखेका छन् । शाहीले ५ हजार ७९६ र पोखरेलले ४ हजार ४८६ मत प्राप्त गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका उम्मेदवार केसेन्द्रप्रकाश कार्की ९१९ मतका साथ तेस्रो स्थानमा छन् ।

आइतवार सम्पन्न मतदानमा प्रतिनिधि सभातर्फ ४७ हजार ६७३ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्