
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले चितवन १ मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै फराकिलो अग्रता बनाएका छन् ।
ढकालले ५ हजार ९८ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका डा. विश्व पौडेलले ३ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।
यसअघि २०७० सालमा चुनाव जितेका सुरेन्द्र पाण्डे तेस्रो स्थानमा पुगेका छन् । उनले ३ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् ।
चासोका साथ हेरिएको चितवन– २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर कम गर्दै लगेका छन् ।
इच्छाकामना गाउँपालिकाको मतगणना गर्दा शुरूआतमा तेस्रो स्थानमा रहेका रविले कांग्रेसका उमेश श्रेष्ठलाई पछि पारेका छन् ।
एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ४५ मत प्राप्त गर्दा रविले २ हजार ५ सय ४१ र उमेश श्रेष्ठले २ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकाबाट रविले प्रतिस्पर्धीलाई पछि पार्ने आकलन गरिएको छ ।
लोकान्तरलगायत विभिन्न एक्जिट पोलले रविले फराकिलो मतान्तरले चुनाव जित्ने देखाएको थियो ।