
ललितपुर क्षेत्र नम्बर ३ को मत गणनाको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की अग्रस्थानमा रहेको छिन् । हालसम्म १३ हजार ३३७ मत गणना भइसकेको छ ।
पछिल्लो मत गणनाको परिणामअनुसार डा. तोसिमाले पाँच हजार ३४५ मत प्राप्त गरी अग्रस्थानमा छिन् । नेकपा एमालेका अमृत खड्का चार हजार ११७ दोस्रो र सत्ता गठबन्धनबाट पम्फा भुसाल दुई हजार ४०३ मतका साथ तेस्रो स्थानमा छिन् ।
ललितपुर क्षेत्र नम्बर ३ को मत गणना जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानभित्र रहेको जिल्ला निर्वाचन कार्यालयमा भइरहेको छ ।
सो क्षेत्रमा रहेका ९४ हजार ११६ मतदातामध्ये ६१ हजार ५७५ मत खसेको थियो । ललितपुर महानगरपालिकाका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ वडा क्षेत्र नम्बर-३ मा पर्छन् ।