१७ असार २०८३, बुधबार

चार दिनपछि खुलेको शेयर बजार ७ अंकले घट्यो

चार दिनपछि खुलेको शेयर बजार ७ अंकले घट्यो

निर्वाचनपछि आज खुलेको शेयर बजारमापक नेप्से परिसूचक सामान्य घटेको छ। 

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अङ्कले ओरालो लागेर १९२९.७० को विन्दुमा रोकिएको हो । 

आज कूल २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर एक अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ बराबरको कारोबार भयो । 

आज कारोबारका आधारमा नेपाल  बैंक लिमिटेड शीर्षस्थानमा छ । सो कम्पनीको  १२ करोड १६ लाख बराबरको कारोबार भयो ।

त्यस्तै रिडी पावर कम्पनी ८ करोड ६७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरी ८ करोड ६० लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष तीनभित्र पर्न सफल भएका छन् ।  

नेप्सेका अनुसार नेप्से परिसूचक घटे पनि जानकी फाइनान्सको ६.२३ र खप्तड लघुवित्तको शेयर मूल्यमा ४ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, युनिलिभर नेपाल ५.५८ प्रतिशत, सिक्लेस हाइड्रोपावर ४.४८ प्रतिशत र दोर्दीखोला जलविद्युत‍्का लगानीकर्ताले  ४.४४ प्रतिशतले गुमाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्