१६ असार २०८३, मंगलबार

उत्तर कोरियाले बेस्सरी डराउनु जरूरी : ट्रम्प

कात्तिक २०, २०७४
उत्तर कोरियाले बेस्सरी डराउनु जरूरी : ट्रम्प

काठमाडौं, २७ साउन — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई चेतावनी दिँदै अमेरिकालाई केही गरेमा उत्तरले ‘बेस्सरी डराउनुपर्ने हुन्छ’ भनेका छन् ।


उत्तर कोरियाले आफ्ना गतिविधि बन्द नगर्ने हो भने ‘थोरै मात्र देशले भोग्नुपरेको’ समस्यामा पर्न सक्ने पनि उनले बताए ।

उत्तरले अमेरिकी क्षेत्र गुआममा क्षेप्यास्त्र हान्ने चेतावनी दिएपछि ट्रम्पको यो बयान आएको हो ।

उत्तरले जुलाईमा अन्तर्महादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकासँग उसको तनाव बढेको छ ।

परामाणु कार्यक्रमलाई अघि बढाएको भन्दै संयुक्त राष्ट्रसंघले समेत उत्तर कोरियामाथि नयाँ आर्थिक प्रतिबन्ध लगाएको छ ।

बिहीवार न्यु जर्सीमा बोल्दै ट्रम्पले अमेरिका जहिलेपनि उत्तर कोरियासँग छलफलका लागि तयार रहेको बताएका थिए ।

ट्रम्पले उत्तर कोरियामाथि आगो बर्साउने चेतावनी पनि यही हप्ता दिएका थिए ।

ट्रम्पको चेतावनीमाथि प्रतिक्रिया दिँदै उत्तर कोरियाले तर्कहीन ट्रम्पसँग शक्तिमार्फत नै सामना गर्न सकिने बताएको थियो ।

तर अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गरिनैहाल्ने सम्भावना नरहेको विश्लेषकहरू बताउँछन् ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्