२३ जेठ २०८३, शनिबार

डोटीबाट एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

डोटीबाट एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

प्रतिनिधिसभा सदस्यामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले डोटीबाट निर्वाचित भएका छन् । 

आज सम्पन्न मत गणनाअनुसार आलेले २७ हजार २१० मत प्राप्त गरेका छन् भने निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी गौरी कुमारी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार डोटी प्रदेश सभा १ मा नेकपा एमालेका चक्रबहादुर मल्ल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई पराजित गर्दै मल्ल निर्वाचित भएका हुन् । निर्वाचित मल्लले १५ हजार २७९ मत प्राप्त गरेका छन् । पराजित भएका सिंहले भने १४ हजार ८२९ मत प्राप्त गरेका छन् । 

त्यस्तै, प्रदेशसभा-२ मा नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार टेकसिंह बमलाई पराजित गरेका हुन् । ओलीले १४ हजार ४७ मत ल्याएका ल्याउँदा नेकपा एमालेका उम्मेदवार टेक बमले १३ हजार १२८ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्