
नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा कीर्तिमानी जीत हासिल गरेको छ । नेमकिपाका सचिव प्रेम सुवाल फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।
सुवालले ४२ हजार ७ सय ६१ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९ सय ६८ मत प्राप्त गरे । दुई उम्मेदवारबीचको मतान्तर ३० हजार ७ सय ९३ छ ।
तेस्रो स्थानमा राप्रपाका भरत खड्काले ९ हजार २ सय २२ मत प्राप्त गर्दा माओवादीका सुनिल गोठेले ५ हजार १ सय ६५ मत प्राप्त गरे ।
२०४८ सालदेखि नै भक्तपुरमा नेमकिपाले चुनाव जित्दै आएको छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि भक्तपुर १ बाट सुवाल विजयी भएका थिए ।
उत्तर कोरियाली नेता किम इल सुङको विचारधारालाई आदर्श मान्ने नेमकिपाले भक्तपुरमा स्थानीय तहमा पनि नमूना नगरपालिका बनाएको छ ।