
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ प्रदेशसभा-२ मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजय भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले ९१७ मतान्तरले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले आठ हजार ५२० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका भट्टले सात हजार ६०३ मत पाएका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले पाँच हजार ७१३ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार ५०२ मत प्राप्त गरेका छन् । जम्मा ४९ हजार ४५८ मतदाता रहेको यो क्षेत्रमा ३१ हजार ६४२ मत खसेको थियो । जसमा एक हजार ५०० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।