×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

दैलेख– २ मा कांग्रेसको पुनरागमन– दिक्पालले उल्ट्याए लगातार ३ निर्वाचनको हार

मंसिर ८, २०७९

NTC
Premier Steels

२०४८ सालयताका संसदीय र स्थानीय निर्वाचनमा दैलेख– २ नेपाली कांग्रेसको गढ मानिन्थ्यो । २०४८ को संसदीय निर्वाचन तथा २०४९ र २०५४ को स्थानीय निकाय निर्वाचनमा अधिकांश गाविसमा कांग्रेसले बर्चस्व जमायो । 

Muktinath Bank

२०५१ मा कांग्रेसको अन्तरकलहका कारण नेपाल मजदुर किसान पार्टीका विनोदकुमार शाह निर्वाचित भए । आधिकारिक उम्मेदवार रंगबहादुर शाहीविरुद्ध पार्टीकै नेता चक्रनाथ योगीले बागी उम्मेदवारी दिएपछि उक्त निर्वाचनमा पराजय भोग्न बाध्य भयो, कांग्रेस । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैलेख– २ मा २०४८–२०५१ सम्म कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तथा २०५६ देखि यता भने कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ । 


Advertisment
Nabil box
Kumari

२०५२ मा नेमकिपाको ठूलो समूह एमालेमा समाहित हुनुअघि कांग्रेस–नेमकिपाबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो । २०४८ यताका ६ वटा संसदीय निर्वाचनमा कांग्रेसले २, नेमकिपाले १ र एमालेले तीनवटा चुनाव जितेका छन् ।

Vianet communication

२०५६ को निर्वाचनमा जीत हासिल गरेको कांग्रेसलाई त्यसयताका संसदीय निर्वाचन भने फापेन । २०४८ मा रंगबहादुर शाही र २०५६ मा शिवराज जोशीले जितेको यो क्षेत्रमा २०६४, २०७० र २०७४ निर्वाचनमा कांग्रेसले नराम्ररी पराजय भोग्यो ।

२०६४ मा एमालेका राजबहादुर बुढा, २०७० मा लक्ष्मीप्रसाद पोखरेल र २०७४ मा पुनः बुढा यस क्षेत्रबाट निर्वाचित भए । 

लगातारका तीन निर्वाचनमा हारको पीडा खेपेको कांग्रेसको यसपटक पुनरोदय भएको छ । बुधबार राति सम्पन्न मतगणनामा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई झिनो मतान्तरले पराजित गर्दै कांग्रेसका दिक्पाल शाही निर्वाचित भए ।

२० हजार १५८ मतका साथ यो क्षेत्रमा दिक्पाल विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी पोखरेलले २० हजार ५ मत प्राप्त गरे । 

कांग्रेस क्षेत्र नं २ का सभापति भरत रिजाल विगतको हारमा पार्टीभित्रको आन्तरिक कलहले काम गरेको र यसपटक त्यस्तो समस्या नदेखिएको बताउँछन् ।

‘२३ वर्षपछि हामी चुनाव जित्न सफल भएका छौं, यसले पार्टीपंक्तिमा निकै उत्साह छाएको छ,’ रिजाल भन्छन्, ‘अब सुझबुझपूर्ण तरिकाले क्षेत्रका समस्या समाधान गर्न पहल गर्छु ।’

गठबन्धनको बल र कांग्रेस उम्मेदवारप्रति जनताको सहानुभूति हुँदा जीत निकाल्न सहज भएको उनी बताउँछन् । 

राजनीतिसँगै निर्माण व्यवसायमा संलग्न दिक्पाल पार्टीका महाधिवेशन प्रतिनिधि हुन् । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा दैलेख २ (२) बाट एमाले उम्मेदवारसँग पराजित भएका थिए । 

अघिल्लो हारका कारण दिक्पालप्रति सहानुभूति बढेको कार्यकर्ताहरू बताउँछन् ।

प्रतिनिधिसभामा दिक्पालको जीतसँगै प्रदेशसभा १ मा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन् । पूर्व क्षेत्रीय सभापति र दुल्लू नगरपालिकाको प्रमुख भइसकेका घनश्याम भण्डारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

पत्रकारिता पृष्ठभूमिका भण्डारीले प्रदेश र दिक्पालले प्रतिनिधिसभामा जितेपछि दैलेख– २ मा कांग्रेसभित्र उत्साह छाएको छ । दुल्लू नगरपालिकाका प्रमुखसमेत रहेका क्षेत्रीय सभापति रिजाल भन्छन्, ‘स्थानीय निर्वाचनमा पनि दैलेख– २ का चार पालिका प्रमुख जितेका छौं । हारेका ठाउँमा पनि झिनो मतान्तर छ । स्थानीय तह र प्रदेश/संघीय सांसदसँग मिलेर काम गर्छौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x