२४ जेठ २०८३, आइतबार

गगन थापाको क्षेत्रबाट समानुपातिकमा घण्टीलाई साढे ९ हजार भोट

गगन थापाको क्षेत्रबाट समानुपातिकमा घण्टीलाई साढे ९ हजार भोट

नेपाली कांग्रेसका गगनकुमार थापा निर्वाचित भएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर-४ बाट समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सम्मानित मत ल्याएको छ । 

प्रत्यक्ष निर्वाचन प्रणालीमा दोस्रो भएको नेकपा एमालेले तेस्रो मत पाउँदा रास्वपाले दोस्रो मत पाएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रबाट समानुपातिकतर्फ नेपाली कांग्रेस ११ हजार ८०७, रास्वपा ९ हजार ४१३, एमाले ६ हजार ९६२, एकीकृत समाजवादी १६८३ र माओवादीले १५६४ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार नभएको सो क्षेत्रबाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट भारी मतान्तरले विजयी भएका हुन् । 

नेकपा एमालेका डा. राजन भट्टराईलाई ७ हजार ४४७ मतको अन्तरले पराजित गरेका हुन् । गगनले २१ जार ३०२ र राजनले १३ हजार ८५५ मत पाए । गगन २०७० र २०७४ मा पनि यस क्षेत्रबाट विजयी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्