
सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादवले २६ हजार १६६ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत ल्याएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, जनमत पार्टीका अनिश अन्सारीले १५ हजार ११४ मत प्राप्त गरेका छन् ।