२४ जेठ २०८३, आइतबार

बैतडीमा एमालेका भण्डारी विजयी, माओवादीलाई धक्का

बैतडीमा एमालेका भण्डारी विजयी, माओवादीलाई धक्का

बैतडीबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का दामोदर भण्डारी विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवरलाई एक हजार पाँच सय ३१ मतान्तरले पराजित गरेका हुन् ।    

भण्डारीले ३३ हजार छ सय ११ मत ल्याउँदा कुँवरले ३२ हजार ९० मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ७७ हजार चार सय ६० मत खसेकामा चार हजार नौ सय ६२ मत बदर भएका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए । 

भण्डारी योसहित तेस्रो पटक विजयी भएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्