०३ साउन २०८३, आइतबार

सत्ता गठबन्धनलाई हराउँदै रौतहट २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी

सत्ता गठबन्धनलाई हराउँदै रौतहट २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी

प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा रौतहटको क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन् । 

अन्तिम मत परिणामअनुसार साहले ३२ हजार ८४२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत पाए । साहका प्रतिद्वन्द्वी आलम कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमका छोरा हुन् । 

लामो समय माओवादीमा राजनीति गरेका साह मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गरेका थिए । पार्टीले टिकट नदिएको र उनको क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह प्यानलका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्