२८ जेठ २०८३, बिहीबार

जितेपछि रामचन्द्रले भने- जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित भयो

जितेपछि रामचन्द्रले भने- जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित भयो

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनले जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित गरेको बताएका छन् । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आज दमौलीमा आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई विजयी गराएर जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित भएको बताए। लोकतान्त्रिक आन्दोलनकको इतिहासलाई सम्मान गर्ने पक्षमा जनता रहेको भन्दै उनले जनतालाई शीरमा राखेर काम गर्ने बताए । जनतामा केही कुराको असन्तुष्टि रहेको भन्दै पौडेलले जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

हरेक कुरामा खरो रुपमा उत्रिन सक्नुपर्ने भन्दै पौडेलले देशमा अपार सम्भावना हुँदाहुँदै पनि नेपाल पछाडि परेको बताए । “नेपालमा अथाह सम्भावना छ, तर पनि नेपाल पछाडि परेको छ,” पौडेलले भने । 

तनहुँ–२ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्