×

Dabur
MG

अब्राहम लिङ्कनलाई बारम्बार चुनाव हारेपछि कसैले सोध्यो, 'अब के गर्नुहुन्छ ? उनले जवाफ दिए- आउने चुनाव लड्छु ।' अन्तत: उनी अमेरिकाका सोह्रौं राष्ट्रपतिमा निर्वाचित भए । र, अमेरिकी इतिहासका सफल राष्ट्रपति प्रमाणित भए ।

yONNEX
Sagarmatha Cement

प्रजातान्त्रिक शासन प्रणालीअन्तर्गतको बहुदलीय प्रतिस्पर्धाले दिने परिणामले समाजको मार्गचित्र, दिशा र गन्तव्य निर्धारण गर्ने गर्दछ । हामी समाजको उन्नति चाहन्छौं, जसलाई जनप्रतिनिधिहरू अर्थात् जनताबाट छानिएका मानिसहरूले सार्थक तुल्याउने हो, त्यसैले मुख्य कुरा जनप्रतिनिधि चयन गर्दा नै होश पुर्‍याउनुपर्छ । हाम्रो चयनमा खोट भयो भने हामीले देखेको सपना किमार्थ पूरा हुँदैन ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

पहिलो कुरा त चुनाव केका लागि भन्ने कुरा मतदाताले थाहा पाउनुपर्छ । चुनावमा खडा हुने कतिपय नेता त मेरो दायित्व के हो भन्ने थाहै नपाई जनताबाट चयन भएर ठूला नेता हुन्छन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

नेपाल जस्ता देशहरूको दुर्भाग्य के हो भने यहाँका चुनाव जित्ने नेता र नेता छान्ने मतदाता दुवैथरीले चुनावको मर्म नै नबुझी यस्तो महत्त्वपूर्ण आयोजनाको नियमित रूपमा यान्त्रिक अभ्यास गरिरहन्छन् । आवधिक रूपमा यस्तो अभ्यास चलिरहन्छ । तर, न नेता सुध्रिन्छन्, न जनताले चुनावको मर्म बुझ्छन् । आफ्नो मत बहुमूल्य छ र मत दिनु भनेको देश जिम्मा लगाउनु हो भन्ने चेतना नआएसम्म समाजको उन्नति कसरी सम्भव हुन्छ ? हाम्रो नियति यही हो ।

Vianet communication
Laxmi Bank

नेपालमा २०१५ सालबाट चुनावी अभ्यास शुरू भएको हो । भर्खरै सम्पन्न संसदीय चुनाव समेतको गणना गर्दा र संविधानसभाका दुई चुनाव समेत जोड्दा जम्मा ८ वटा संसदीय चुनाव सम्पन्न भइसकेका छन् ।

यी सबै चुनावका आ-आफ्नै अनुभव छन् । स्थानीय चुनाव समेत चारवटा भए । यस कालखण्डमा चार पुस्ताले आफ्नो मत प्रकट गरिसकेको छ ।

एकप्रकारले जनप्रतिनिधि छान्दाछान्दा अभ्यस्त र दिक्दार भइसकेको छ । र, यो पङ्तिकारले जम्मा बाह्रवटा चुनावमध्ये २०१५ सालको चुनावबाहेक ११ वटा चुनावमा आफ्नो हैसियतअनुसार भूमिका निर्वाह गरेको छ । २०४८ यता त कतिपय निर्वाचन क्षेत्रमा चारै पुस्ताले एउटै व्यक्तिलाई मतदान गरेका छन् । दुनियाँका समृद्ध प्रजातान्त्रिक मुलुकहरूमा कार्यकालको सीमा नाघेपछि नेतृत्वले विधिसम्मत अवकाश लिन्छ ।

नेपाललगायतका तेस्रो विश्वका मुलुक त्यसका अपवाद छन् । यहाँका नेता आजीवन चुनाव उठिरहन्छन् । यो पनि ठूलो कुरा होइन । समाज समृद्ध र जनता सुखी भए कुनै आपत्ति हुने थिएन । जनताले नेताको पूजा गरिरहन्थे । २०४६ सालको परिवर्तनबाट जनताले गरेको अपेक्षा सम्बोधन गर्न सकेको भए नेपालको वर्तमान दुर्दशा हुने थिएन र परिवर्तित राजनीतिमाथि प्रश्न उठ्ने थिएन ।

यसपटक यसको प्रत्यक्ष साक्षी हुने अवसर जुट्यो । हरेकजसो मतदाताले नेता र राजनीतिमाथि गम्भीर प्रश्न उठाए, जसको चित्तबुझ्दो जवाफ दिन सकिएन ।

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि सम्पन्न दोस्रो संसदीय निर्वाचनमा प्रदेशसभामा उम्मेदवार भएर जनताको जनजीवन र भौतिक विकासलाई नजिकबाट नियाल्ने मौका मिल्यो । निर्वाचन क्षेत्रको भौतिक अवस्था र जनताको जीवनस्तर देख्दा आङ नै सिरिङ्ग हुने र भावविभोर हुने अवस्था सिर्जना भयो ।

०४६ सालको राजनीतिक परिवर्तनपश्चात यतिका वर्ष के गरेछौं त हामीले ? यत्रो अवधिमा नेपाल र अझ मोरङ जिल्लाका गाउँहरूको अवस्था हेर्दा सरासर आत्मभर्त्सना गर्न मन लाग्यो । आफैँलाई धिक्कार्न मन लाग्यो । हाम्रो राजनीतिक परिवर्तनले जनताको जीवन बदल्नुलाई प्रमुख ध्येय बनाउन पटक्कै सकेनछौं । आवधिक रूपमा हुने निर्वाचनले सरकार बनाउने र केही मान्छेलाई प्राविधिक नेता बनाउने काम गरेछ, देशको वास्तविक विकास त हुनै सकेनछ । नागरिक जीवनमा सुधार नभई केही बाटा, भवनहरू, पुल र अन्य थोरबहुत परिवर्तनलाई देशको विकास मानेर चित्त बुझाउन सकिँदैन ।

फेरि भएको विकास समेत दिगो र भरपर्दो छैन । मानव विकास सूचकांकमा नेपाल कहाँ छ ? नेपालीको आर्थिक जीवनस्तर कस्तो छ ? पछिल्ला ३२ वर्षमा हामीले के गर्‍यौं त ? युवा पुस्ता के भन्छ ? उसको भविष्य कस्तो छ ? विश्वको दाँजोमा नेपाल कहाँ छ ? यो अवधिभित्र प्राप्त अन्तर्राष्ट्रिय सहायता कति सदुपयोग भयो ? हरेक नेपालीको थाप्लोमा कति ऋण थपियो ? र, यो ऋण कहाँ खर्च भयो ? यस्ता अनगिन्ती प्रश्नको जवाफ दिनै नसक्ने अवस्थामा हामी कसरी पुग्यौं ? यसको जिम्मेवारी कसले लिने ? सिमान्तमा उभिएको गरीब नेपालीले यो राज्य मेरो हो भन्ने अनुभूति गर्न सके त ? मुख्य कुरा त संस्थाहरूले काम गर्छन् कि व्यक्तिले ? पद्धति बस्यो कि बसेन ?

नेपालमा जनताले राजनीतिलाई किन घृणा गर्दछन् भन्ने अर्को पेचिलो प्रश्न पनि हाम्रो अगाडि छ । यसको जवाफ यसपटक मिल्यो । निर्वाचन क्षेत्रमा रहेका ऋषिदेव, सरदार बाँतर, उराव झाँगड, सन्थाल, पासवानलगायतका बस्तीहरूमा जाँदा मानव सभ्यताको धज्जी उड्ने परिदृष्य जतासुकै देखियो । त्यहाँका जनताको जीवन कुनै पनि दृष्टिकोणबाट मानवीय छैन ।

नेपालमा जनताले राजनीतिलाई किन घृणा गर्दछन् भन्ने अर्को पेचिलो प्रश्न पनि हाम्रो अगाडि छ । यसको जवाफ यसपटक मिल्यो । निर्वाचन क्षेत्रमा रहेका ऋषिदेव, सरदार बाँतर, उराव झाँगड, सन्थाल, पासवानलगायतका बस्तीहरूमा जाँदा मानव सभ्यताको धज्जी उड्ने परिदृष्य जतासुकै देखियो । त्यहाँका जनताको जीवन कुनै पनि दृष्टिकोणबाट मानवीय छैन ।

नदी किनारमा पराले घर (झुपडी )छ, बलियो तटबन्ध छैन । वर्षातमा चुहिन्छ । बाढीले बगाउँछ । हुरीले उडाउँछ । केटाकेटी र बुढाबुढी कसैको शरीरमा गतिलो कपडा छैन । झुप्रामा खाने अन्न छैन । बिरामी हुँदा कसले र कहाँ उपचार गर्ने ठेगान छैन । गाउँका स्वास्थ केन्द्रमा सामान्य उपचार समेत हुँदैन ।

शहरका निजी अस्पतालमा उपचार गर्ने सामर्थ्य छैन । सरकारी स्कूलले अदक्ष मजदूर उत्पादन गर्छ । आजसम्मका सबै पुस्ता गरीब मजदुर छन् र अज्ञानतावश नियतिलाई सरापिरहेका छन्, जबकि वास्तविक गैरजिम्मेवार नेपाल राज्य हो । यस्तो हालतबीच नजिकैको शहर भने विकास र प्रगतिको गुड्डी हाँकिरहेको छ । गाउँको अभाव र दरिद्रताप्रति कुनै समवेदना छैन । नेता आत्मरतिमा मग्न छन् ।

किसानहरूको अवस्था दयनीय छ । अधिकांश साना किसानहरूसँग जीविकाको वैकल्पिक आधार छैन । कृषि नै एकमात्र विकल्प हो । कृषि निर्वाहमुखी छ, व्यवसायिक छैन । कृषि प्रणाली परम्परागत छ, आधुनिक छैन ।

सरकारले समयमै बिउ र मलको प्रबन्ध गर्दैन । कृषि उपकरणको अभाव छ र पर्याप्त सिञ्चाइको प्रबन्ध छैन । कृषि उत्पादनका लागि बजार किसान आफैंले खोज्नु पर्छ । नाफाखोर बिचौलियाहरूले फाइदा उठाएका छन् । सबैतिरबाट गरीब किसान पिल्सिएका छन्, तर सरकार रमिते छ । नेताहरूमा समवेदना छैन । यसको ज्वलन्त उदाहरण हेर्न र अनुभव गर्न पाइयो । गरीब जनताको फरिस्ता कोही छैन ।       

धेरैपटक चुनावहरू आए गए, तर जनताको जीवन फेरिएन । आश्वासनको पहाड खडा भयो तर जनताको बाँच्ने आधार खडा भएन । नयाँ पुस्ताले भरोसा पाएन, तर पनि नेताहरूले जनताको मत पाए । नेता र जनताको भावनात्मक सम्बन्ध कायम हुँदै भएन । जनतालाई दुःख पर्दा नेतालाई पटक्कै महसूस भएन ।

आजसम्मका चुनावहरू यान्त्रिक सावित भए । जनताको जीवन बदल्ने अठोट भएका जनप्रतिनिधि पैदा भएनन् । प्रजातन्त्र वा लोकतन्त्रले जनताको जीवन सुधार्न सकेन भने त्यो वास्तविक लोकतन्त्र होइन । हामीले वर्तमान शासन प्रणालीलाई वास्तविक बनाउन सकेनौं ।

तथ्यांक जेसुकै होस्, नेपालमा अहिले पनि आधा जनताको नियमित चुल्हो बल्ने दिगो आर्थिक आधार छैन । कागजमा लेखेर र नारा फलाकेर केही हुँदैन । हामीले गम्भीर रूपले सोच्दै सोचेनौं, राजनीति भनेको जनतालाई सुख दिने माध्यम हो भनेर । राजनीतिलाई आफ्नो वैयक्तिक स्वार्थ पूरा गर्ने भर्‍याङ बनाएपछि जनता र देशको हालत यस्तै हुने हो ।

सबैभन्दा चिन्ताजनक कुरा त के देखियो भने जनतासँग नेताको भावनात्मक सम्बन्ध नै देखिएन । भोट लिने र चुनाव जित्ने स्वार्थसामु जनताका सपनाहरू सधैंभरी दिवंगत भए । नेपालको राजनीतिले जनतालाई जिताउन सकेन, आफूमात्र जितिरह्यो । राजनीतिले जित्ने र जनताले हारिरहने दुष्चक्र चलिरह्यो । यो सिलसिला आखिर कहिले सम्म ?

अब्राहम लिङ्कनले भनेजस्तो आजको परिप्रेक्ष्यमा बारम्बार चुनाव लड्न त्यति सम्भव छैन, किनभने राजनीतिलाई फस्टाएको व्यापार ठान्ने र संस्थाहरूलाई पङ्गु बनाउने प्रवृत्ति हावी भएको वर्तमान समयको चेतना सम्पूर्ण रूपमा प्रदूषित छ । मूल्यहीनताले सीमा नाघेको छ । व्यवहारवादको नाममा अवसरवाद मौलाएको छ । यस्तो बेलामा बिदुर नीति काम लाग्दैन र नेपालमा अमेरिकी जनता पनि छैनन् ।

तथापि, राजनीति सङ्ल्याएर जनताको मनमा आशा जगाउने प्रयास निरन्तर जारी राख्नुको विकल्प छैन । अर्को कुरा समाजमा सत्य र झूटबीचको विभेद छुट्याउन सक्ने चेतना नहुर्किएसम्म अन्य साधन र विकल्पले काम गर्दैनन् ।

आजसम्मको नेपाली राजनीतिले देशलाई समृद्धिको उचाइमा लान सकेन । नेतृत्वले समाजलाई प्रगतिको पथमा अग्रसर गराउने कुशलता प्रदर्शन गर्न सकेन । यो कुरा हामीले निशंकोच स्वीकार गर्न सक्नु पर्दछ ।

यसपटकको निर्वाचनले दिएको नतिजाले यही  कुराको संकेत गर्दछ । राजनीतिक दल र नेताहरूले आफूलाई प्राप्त अवसरको सदुपयोग गर्न जानेनन् ।

दलहरूको वर्तमान कार्यशैली समेत शास्त्रीय र परम्परागत छ । यस्तो शैलीबाट समाजमा समृद्धि आउँदैन । देशको बहुमूल्य समय मात्र बर्बाद हुन्छ ।

चुनावमा जाँदा देखिएको जनताको दारुण एवं कारुणिक अवस्था र समाजको चित्रले नेपाल नेतृत्वविहीन छ भन्ने प्रमाण दिन्छ ।

तसर्थ, लोकतन्त्रका स्तम्भ र प्राण मानिएका राजनीतिक दलहरूले सबैभन्दा पहिले पार्टीभित्रै क्रान्ति गर्न आवश्यक छ, अन्यथा जनताबाट जतिपटक चुनिए पनि त्यसको कुनै अर्थ छैन ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्त...

असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने ...

असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...

असोज १३, २०८०

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा नेताहरूबीच भनाभन भएको छ । शुक्रवार संसदीय दलको कार्यालयमा बसेको बैठकमा विवाद हुँदा बैठक पुस्तिका (माइन्युट) खोसाखोस भएको खुलेको छ ।  दलका नेता उद्धव ...

असोज १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्...

असोज १३, २०८०

आन्दोलनरत चिकित्सक र सरकारबीच गृह मन्त्रालयमा शनिवार साँझ वार्ता जारी छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता शुरू ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x