२७ जेठ २०८३, बुधबार

कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ : मेयर साह

कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ : मेयर साह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मेयर साहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरू महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा रहेको पनि बताए । उनले कला, संस्कृतिलाई महत्व दिनेकुरा जिम्मेवारीका रहेको बताए । उनले खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरेमात्रै सबै क्षेत्रको विकास सम्भव हुने बताए । 

‘थिएटर फेस्टिबलहरू, फिल्म फेस्टिबलहरू बजेटमा आइसकेको छैन, तर उहाँहरूसँग विस्तारै अर्को वर्षदेखि हामीले यसलाई अफिसियल्ली बजेट किताब (रोतो किताब)मा नै ल्याएर यसलाई भव्य तरिकाले गर्न सकिन्छ की भन्ने आशा छ । महानगरपालिका भएको नाताले कलालाई महत्व दिने कुरा जिम्मेवारी हो र महानगरपालिका भन्नलाई यो चिज चाहिँदो रहेछ’, मेयर साहले भने, ‘हामीले विभिन्न विधालाई प्रमोट गर्न खोज्दैछौँ । हाम्रो छुट्टै विभागहरू हुँदैन, खेलकुद विभाग छुट्टै छैन । छुट्टै खेलकुदको लागि पनि विभाग चाहिँदो रहेछ । कला लगायत धेरै विधालाई प्रमोट गर्न बाँकी छ ।’

मेयर साहले कला र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि काठमाडौं महानगरपालिकाले कामहरू गरिरहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्