माघ २१, २०७९
राजधानीको पुरानो बानेश्वरमा शनिबार साँझ दुई जना मृतावस्थामा फेला परेका छन् । रामेछापको खाँडादेवी स्थायी घर भइ राजधानीमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी मृतावस्थामा ...
सोलुखुम्बुमा यस पटक सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ४८ प्रतिशत मत खस्यो । यहाँ कूल मतदाता ८१ हजार पाँच सय दुई रहेका थिए ।
जिल्लामा खसेको ३९ हजार चार सय ३३ मतमध्ये चार हजार दुई सय ९० मत अर्थात् झण्डै छ प्रतिशत मत बदर भएको पाइएको छ । मत बदरको सङ्ख्या कम गर्नकै लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको थियो । मतदाता शिक्षाका लागि खटाइएका कर्मचारी गाउँगाउँ नपुग्दा मतदाता झुक्किएका पोङबोचे मतदान केन्द्रमा खटिका मतदान अधिकृत ङवाङ दोर्जी बाहिङले बताए ।
जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार दुई सय ६३, प्रदेशसभा (१) मा एक हजार एक सय ६६ र प्रदेशसभा (२) मा आठ सय ६१ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कतिपय मतदाताले एउटै मतपत्रमा धेरै स्वस्तिक छाप लगाएको पाइएको छ । कतिपय मतपत्र खालीसमेत भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।
मत बदर कम गर्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतपत्रको छुट्टाछुट्टै व्यवस्था गरिएको भए पनि मतदानसम्बन्धी चेतनाको अभाव र गठबन्धनका कारण पनि मतदाता झुक्ँिकदा मत बदरको सङ्ख्या बढेको बताइएको छ । ग्रामीण भेगमा मात्र नभई सदरमुकाम क्षेत्रकै मतदाता पनि मतदान गर्ने विधिबारे कम ज्ञानकार रहेको पाइएको छ ।
यद्यपि जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामनारायण शाहले मतदाता शिक्षा प्रदान गर्ने जिम्मेवारी गाउँपालिकालाई दिइएको र आफूहरुले अनुगमन तथा समन्वय मात्र गरेको बताए । अनुगमनका क्रममा पनि मतदाता शिक्षा प्रभावकारी रुपमै प्रदान गरेको पाइएको निर्वाचन अधिकारी शाहले बताए । रासस
राजधानीको पुरानो बानेश्वरमा शनिबार साँझ दुई जना मृतावस्थामा फेला परेका छन् । रामेछापको खाँडादेवी स्थायी घर भइ राजधानीमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी मृतावस्थामा ...
मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरकेका छन् । तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर...
श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार रात...
डोटीको शिखर नगरपालिका-१० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ । केआइ सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्...
धनुषामा एक मिटरब्याजी हतियारसहित पक्राउ परेका छन्। उनलाई उजुरीका आधारमा समातिएको धनुषा प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलास...
अखिल नेपाल किसान युनियनले तरकारीको न्यूनतम लाभकारी मूल्य तोक्दै बजारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ । युनियनले नेपाली किसानप्रति राज्यको निरन्तर उदासिनता, आलेटाले र गलत नीतिका कारण आफ्...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...