माघ २१, २०७९
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ राष्ट्रपति विक्रमास...
विराटनगर महानगरपालिकाले फूटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रवारदेखि शुरू गरेको छ ।
विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फूटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ ।
अभियान विराटनगरको मेनरोडबाट शुरू गरिएको छ । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फूटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । व्यापारीले फूटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन शुरू गरेको हो ।
पसलको सटरभन्दा बाहिर सामग्री नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो । पसलबाहिर राखेका सामान, टेलिभिजन, फ्रीज, माला, प्लास्टिकका कुर्सी लगायतका सामान हटाइएको छ ।
अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिइएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ ।
‘विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौं,’ प्रमुख नागेश कोइरालाले भने, ‘हामीले २–२ पटक सार्वजनिक रूपमै सूचना प्रकाशित गरेका थियौं । विराटनगरलाई सुन्दर बनाउनु व्यापारीको पनि कर्तव्य हो । उहाँहरूलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।’
यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्य वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन शुरू गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ राष्ट्रपति विक्रमास...
साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह 'ब्रह्मास्त्र' सार्वजनिक भएको छ। शनिबार बत्तीसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो। पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपा...
काठमाडौंको पुनारो बानेश्वरस्थित एक घरमा छोरीको मृत्युपछि बाबु पनि झुण्डिएको अवस्थामा फेला परेका छन्। मैतीदेवीबाट पुरानोबानेश्वर जाने पुलको मुखैमा टंकप्रसाद मार्गस्थित एक घरमा सात वर्षीया छो...
डोटीको शिखर नगरपालिका-१० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ । केआइ सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्...
राजधानीको पुरानो बानेश्वरमा शनिबार साँझ दुई जना मृतावस्थामा फेला परेका छन् । रामेछापको खाँडादेवी स्थायी घर भइ राजधानीमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी मृतावस्थामा ...
अखिल नेपाल किसान युनियनले तरकारीको न्यूनतम लाभकारी मूल्य तोक्दै बजारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ । युनियनले नेपाली किसानप्रति राज्यको निरन्तर उदासिनता, आलेटाले र गलत नीतिका कारण आफ्...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...