माघ २०, २०७९
नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भ...
काठमाडाैं | मंसिर १०, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेका बेला बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।
दुई नेताबीच निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् । प्रचण्डले पनि सकारात्मक जवाफ दिएको स्रोतको दाबी छ ।
प्रतिनिधिसभा निर्वाचनको नतिजामा सत्ता गठबन्धन झिनो बहुमततर्फ अघि बढिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
शनिवार दिउँसो २ बजेसम्ममा कांग्रेसले ५० सीटमा जीत हात पारिसकेको छ भने ६ सीटमा अग्रता कायम गरेको छ । माओवादीले १६ सीट जितेर २ वटामा अग्रता लिएको छ । गठबन्धनका अन्य सहयात्री नेकपा एसले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सीट जितेका छन् । बाँकी ३ सीटमा मतगणना नै भएको छैन ।
समानुपातिकतर्फ हालसम्मको मत ट्रेन्ड हेर्दा कांग्रेसले कम्तीमा ३२ सीट पाउने देखिन्छ । माओवादीको भागमा १५ सीटसम्म पर्न सक्ने देखिन्छ । नेकपा एसले भने थ्रेसहोल्ड कटाउने कि नकटाउने भन्ने यकिन भएको छैन ।
यही स्थिति कायम रहे गणना हुन बाँकी ३ क्षेत्र छाड्दा पनि कांग्रेसले ८८ को हाराहारीमा सीट जित्ने अवस्था छ ।
माओवादीको ३३ (सम्भावित), नेकपा एसको १०, लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सीट जोड्दा १३६ पुग्छ । बहुतका लागि १३८ सीट चाहिन्छ ।
गठबन्धनले नै चुनावमा सघाएका प्रभु साह र उनकै समूहका किरण साह पनि गठबन्धनमा सहभागी हुनसक्ने सम्भावित पात्र हुन् । कांग्रेसका एक बागीले पनि चुनाव जितेका छन् ।
बाँकी रहेका ३ क्षेत्रको नतिजा आइसक्दा गठबन्धनलाई बहुमतका लागि अझै सहज हुन सक्छ ।
बहुमत पुगेको खण्डमा वर्तमान गठबन्धन नै कायमै राखेर अगाडि बढ्ने सम्भावना प्रबल रहेको कांग्रेस र माओवादीका नेताहरू बताउँछन् ।
चुनावी नतिजा आइनसक्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डलाई फोन गरेर सहकार्यको अनौपचारिक प्रस्ताव राखिसकेका छन् ।
माओवादी निर्णायक तेस्रो शक्ति नभए पनि कांग्रेस-एमाले मिलेको अवस्थामा बाहेक अन्य अवस्थामा सरकार गठनका लागि उसको सहयोग अनिवार्य जस्तै छ ।
नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनमा खटपट आउला भन्ने चर्चा भइरहे...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक निष्कर्षविहीन भएको छ । शनिबार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे ठोस निर्णय गर्न नसकेको हो । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । पार्टी कार्यालयमा सुरु भएको बैठकले गर्ने निर्णयबारे सर्वत्र चासो छ । रास्वपाले गृह मन्त्रालय पाउनका लागि ...
नेपाली सेनाले आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने भएको छ । आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने गरी सेनाले काठमाडौंको सुन्दरीजलमा मशिनरी प्लान्ट स्थापना गरेको हो । वार्षिक ८७ हजार ५ सय जोर बू...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग पूरा गर्नका लागि आफूहरुले प्रधानमन्त्रीलाई कुनै अल्टिमेटम नदिएको दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले रास्वपाको मागको विषयमा दुई द...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...