
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरीको ३ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ५ हजार बढी मतले पछाडि परेका छन् ।
पछिल्लो मतगणनामा गच्छदारले १५ हजार ५५४ मत मात्रै पाउँदा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले २० हजार ५७५ मतका साथ अग्रता लिएकी छन् । दुवैको मतान्तर ५ हजार २१ रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ५ हजार ६३१ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलदीप चौधरीले १ हजार ४६८ मत पाएका छन् ।