२८ असार २०८३, आइतबार

सुनसरी–१ मा घण्टीको अग्रता, अशोक राईभन्दा ३५० मतले अगाडि गोमा तामाङ

मंसिर ११, २०७९
सुनसरी–१ मा घण्टीको अग्रता, अशोक राईभन्दा ३५० मतले अगाडि गोमा तामाङ

सुनसरीको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता अशोककुमार राई पछाडि परेका छन् ।

पछिल्लो मतगणनाअनुसार घण्टी चुनाव चिह्नको राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले राईभन्दा ३५० मत बढी पाएकी छन् ।

तामाङले १२ हजार ८५५ मत पाउँदा राईले १२ हजार ५०५ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले ९ हजार ९०० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले ६ हजार ७२८ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार अशोककुमार राईले ५ हजार ६४३ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्