काठमाडौं, २८ साउन राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन विधेयक मतदानमा लैजाँदा जस्तो परिणाम आए पनि त्यसलाई स्विकारेर चुनावमा भाग लिने सहमति गरेको छ ।
.jpeg?1502501615605)
सरकार र राजपाबीच शुक्रबार बालुवाटारमा भएको बैठकमा संविधान संशोधन विधेयक मतदानमा लैजाने र सरकारले गर्नुपर्ने बाँकी काम पूरा गरेपछि चुनावमा जाने समझदारी भएको हो ।
असोज २ मा हुने प्रदेश २ तथा त्यसलगत्तै हुने प्रदेश र केन्द्रीय संसदका चुनावका लागि राजनीतिक वातावरण निर्माण गर्न यो सहमतिलाई दुवै पक्षले ऐतिहासिक मानेका छन् । सर्वोच्च अदालतले बिहीबार स्थानीय तहको संख्या बढाउन सरकारलाई बाटो खोलिदिएपछि शुक्रबारको बैठकमा राजपाका नेताहरूको प्रस्तुति नरम बनेको थियो ।
स्थानीय तहको संख्या थप्ने सरकारको यसअघिको निर्णय सर्वोच्चको आदेशले कार्यान्वयनमा आउन सकेको थिएन, कान्तिपुरले खबर छापेको छ ।