
कतारमा चलिरहेको विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत आइतवार सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले हराएको छ ।
कोस्टारिकाका लागि केशर फुलरले ८१औं मिनेटमा निर्णायक गोल गरे ।
यसअघि स्पेनसँग बेइज्जतीपूर्ण हार बेहोरेको कोस्टारिकाले पुनरागमन गर्दै प्रतियोगितामा आफूलाई जीवितै राखेको छ ।
अघिल्लो खेलमा जर्मनीलाई हराएर उच्च मनोबल बनाएको जापानले आज त्यही लयमा खेल्न सकेन ।