२९ जेठ २०८३, शुक्रबार

यसकारण संघीय सरकारको खर्च बढ्यो

मंसिर ११, २०७९
यसकारण संघीय सरकारको खर्च बढ्यो

संघीय सरकारको कुल खर्च २२.०६ प्रतिशतले वृद्धि भएको छ ।  २०७८ कात्तिक मसान्तको तुलनामा २०७९ कात्तिक मसान्तमा खर्च बढेर रु.३५० अर्ब ९८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । 

सो खर्चमा चालु खर्चको अंश ८०.१६ प्रतिशत रहेको बताउँदै राष्ट्र बैंकले तलब तथा सामाजिक सुरक्षा खर्चमा वृद्धि र आम निर्वाचनका कारण सरकारी खर्च बढेको जनाएको छ । 

बैंकले राजस्व परिचालन भने कात्तिक मसान्तमा १९.८१ प्रतिशतले घटेको देखाएको छ । २०७८ कात्तिकसम्ममा रु.३३४ अर्ब ३१ करोड राजस्व परिचालन भएकोमा २०७९ कात्तिकसम्ममा रु.२६८ अर्ब ७ करोड राजस्व परिचालन भएको हो  । आयातमा संकुचन आएकाले राजस्व परिचालन प्रभावित देखिएको राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्