सर्प देख्दै धेरै मानिस तर्सिन्छन् । तर सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो हेर्दा सर्प देखेर डर हैन, हाँसो लाग्छ ।
एक महिलाले सर्प देखेपछि त्यसमाथि चप्पल हिर्काउँछिन् । अनि सर्पले त्यही चप्पल मुखमा च्यापेर भागेको देखिन्छ ।
वन अधिकारी परवीन कासवानले ट्विटरमा यो भिडियो शेयर गरेका हुन् । खुट्टो नहुने सर्पलाई चप्पल किन चाहियो भन्दै उनले क्याप्सन लेखेका छन् ।
जम्मा ३० सेकेन्डको भिडियो क्लिपले सबैलाई हाँस्न बाध्य बनाएको छ ।
I wonder what this snake will do with that chappal. He got no legs. Unknown location. pic.twitter.com/9oMzgzvUZd
— Parveen Kaswan, IFS (@ParveenKaswan) November 24, 2022