२२ जेठ २०८३, शुक्रबार

मेलम्चीबाट पठाउन थालियाे पानी, केही दिनमै काठमाडौंमा वितरण हुने

मंसिर १२, २०७९
मेलम्चीबाट पठाउन थालियाे पानी, केही दिनमै काठमाडौंमा वितरण हुने

मेलम्ची खानेपानी परियोजनाले काठमाडौंमा पानी पठाउने तयारी थालेको छ । 

मेलम्चीको पानी काठमाडौंमा वितरणको लागि सोमबारदेखि सुरुङमा पानी भर्न थालिएको हो । 

खानेपानी विकास समितिले २६ किलाेमिटर सुरुङमा सोमबारदेखि पानी भर्न थालिएको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएको छ । 

‘अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने छ’ आयोजनाले सामाजिक सञ्जालमार्फत भनेको छ

सिन्धुपाल्चोकको हेडवर्क्स  सुरुङमा पानी भर्न थालिएको र केही दिनमा काठमाडौंमा पानी वितरण हुने मेलम्ची खानेपानी विकास समितिले बताएको छ ।

वर्षायामको समयमा बाढीको जोखिम हुने भएकाले गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

आयोजनाले गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको बताएको थियो । हेडवर्कसमा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर सुरूङमा पानी भर्न थालिएको आयोजनाले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्