०५ असार २०८३, शुक्रबार
अवैध संरचना हटाउने अभियान

काठमाडौं महानगरले डोजर चलाउने तयारी गरेपछि थापाथलीको सुकुम्बासीबस्ती प्रतिरोधमा

मंसिर १२, २०७९
काठमाडौं महानगरले डोजर चलाउने तयारी गरेपछि थापाथलीको सुकुम्बासीबस्ती प्रतिरोधमा

काठमाडौं महानगरपालिकाले डोजर चलाउने भएपछि थापाथलीका सुकुम्बासीहरूले प्रतिकार गरेका छन् । महागरपालिकाले डोजर चलाउन भनेपछि थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले टायर बालेर महानगरविरूद्ध प्रदर्शनसमेत गरेका छन् । 

सोमवार महागरपालिकाको डोजर चलाउने तयारी गरेको थियो । सुकुम्बासी बस्तीमा प्रतिराेध भएपछि महानगरकाे डाेजर त्यतिकै फर्किएकाे थियाे । सुकुम्बासीहरूले प्रतिकार गरेपछि थापाथली क्षेत्र केहीबेर तनावस्त भएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान चलाइरहेका छन् । बागमती किनारमा सुकुम्बासीका नाममा सार्वजनिक जग्गा कब्जा गरेर घर तथा संरचनासमेत निर्माण गरिएकाे छ । 

काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता, सुकुम्बासीहरुले भने विकल्प नदिई आफूहरु सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन् । उनीहरूले डोजर चलाउने डरले सामान भने बाहिर निकालेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्