०४ असार २०८३, बिहीबार

थापाथलीका सुकुम्बासीहरूसँगको झडपमा नगरप्रहरीका एसपी पाण्डे घाइते

मंसिर १२, २०७९
थापाथलीका सुकुम्बासीहरूसँगको झडपमा नगरप्रहरीका एसपी पाण्डे घाइते

थापाथलीस्थित सुकुम्बासी बस्तीमा निर्माण गरिएको अवैध संरचना हटाउन पुगेका काठमाडौं महानगर प्रहरीका प्रमुख एसपी राजु पाण्डे घाइते भएको छ । सुकुम्बासीहरूले संरचना हटाउने क्रममा प्रतिरोध गरेपछि भएको झडपका क्रममा उनी घाइते भएका हुन् । 

एसपी पाण्डेकाे टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ६ टाँका लगाइएको छ । उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनी सामान्य उपचारपछि घर फर्किएका छन् । 

साेमवार महागरपालिकाले डोजर चलाउन भनेपछि थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका थिए । प्रहरी र स्थानीयबासीबीच झडप भएको थियो । 

काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै मंसिर ४ गतेसम्म त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता, सुकुम्बासीहरूले भने विकल्प नदिई आफूहरू सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्