११ असार २०८३, बिहीबार

नदीमा बग्दै गरेको अवस्था यसरी गरियो दुईजनाको उद्दार

कात्तिक २०, २०७४
नदीमा बग्दै गरेको अवस्था यसरी गरियो दुईजनाको उद्दार

कञ्चनपुर, २८ साउन– वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ ।

कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई बाढी आएको नदी तर्ने क्रममा बग्दै गरेका बेला स्थानीय बासिन्दाले राति ८ बजे उद्धार गरेका हुन् ।

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीबाट घरतर्फ जाँदै गर्दा नदीमा दुवै जना बगेको स्थानीयवासी सुरतबहादुर साउदले बताए । ‘बगेको स्थानभन्दा झण्डै ७०० मिटर दक्षिणबाट दुवै जनालाई उद्धार गरेका छौँ,’ उनले भने ।

स्थानीयवासी जनकलाल चौधरीसहितको टोलीले दुवै जनालाई उद्धार गरेको बताइएको छ । नदीमा पुल नहुँदा यहाँका बासिन्दाले बाढी आएका बेला पनि नदी तर्नुपर्ने बाध्यता छ ।

salt training

कमेन्ट गर्नुहोस्