×

NMB BANK
NIC ASIA

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

मंसिर १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि कर्णालीका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसको लागि प्रदेश सरकारबाट रकम निकाशा भइसकेको बताएको छ । कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दीपा हमालले यस विषयमा स्थानीय सरकारबाट किताब पुग वा अपुग भएको सन्दर्भमा केही जानकारी नआएको बताइन् । उनले भनिन्, “सञ्चार माध्यममा किताब अभाव भएको समाचार आइरहेको छ, तर यस विषयमा स्थानीय सरकारले हामीलाई कुनै जानकारी दिएको छैन । प्रदेश सरकारबाट भने किताब किन्नको लागि बजेट निकाशा भइसकेको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पालिकाहरूले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन् । पुस्तकको लागि विद्यालयको खातामा रकम पठाइसकेको तर पुस्तक अभावको कारण विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी पुरी वनको भनाइ छ । “हामीले किताब किन्नको लागि बजेट विद्यालयमा पठाइसकेका छौँ ।” उनको भनाइ छ, “पुस्तक अभाव भइरहेको भन्ने आइरहेको छ । यस विषयमा हामी जानकारी लिने छौँ ।” 


Advertisment
Nabil box
Kumari

यसैबीच, पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक समयमै छाप्न सकेको छैन । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसी स्थानीय तह र विद्यालयबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको दाबी गर्छन् । तर जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय कार्यालयले भने कागजको अभावका कारण पुस्तक छपाइ हुन नसकेको जनाएको छ ।
    
मतपत्रको लागि भने निर्वाचन आयोगले कागज उपलब्ध गराएको हुनाले मतपत्रको छपाइ चाँडै र सहजै सम्पन्न भएको तर किताब छाप्नको लागि कागजको अभाव रहेको केन्द्रीय कार्यालयका प्रवक्ता चित्रकुमार आर्चायको भनाइ छ । कर्णालीका सामूदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तक नपाउने समस्या वर्षेनी खेप्दै आएका छन् । कर्णालीको दैलेख, सुर्खेत र जाजरकोटमा कक्षा–६ को विज्ञान, गणित र अङ्ग्रेजी विषयको छ हजार पुस्तक पुग्न नसकेको बताइएको छ भने कक्षा–८ को विभिन्न विषयको तीन हजार किताब पुग्न सकेको छैन । त्यसैगरी कक्षा–११ र १२ कक्षाको १२ हजार किताब पुग्न नसकेको जनाइएको छ । पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मेवारी पाएका निकायले भने एकले अर्कोलाई जिम्मेवारी भन्दै पन्छिने गरेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x