कतारमा चलिरहेको फूटबल विश्वकपमा फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेले तहल्का पिटिरहेका छन् ।
पहिलो खेलमा उनले अस्ट्रेलियाविरुद्ध एक गोल गरे भने दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे । तीव्र गतिमा दौडेर गोल गर्न उनी माहिर छन् ।
तीन गोलका साथ एम्बाप्पेले आफूलाई गोल्डन बूटका लागि प्रबल दाबेदार रहेको साबित गरेका छन् ।
उता इक्वेडरका इन्नर भ्यालेन्सियाले पनि कतारविरुद्धको पहिलो खेलमा दुई गोल गरेका थिए । भारले नपल्टाएको भए उनले त्यही खेलमा ह्याटट्रिक गर्ने रहेछन् ।
त्यसपछि नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि उनले एक गोल गरेका थिए ।
पोर्चुगलका ब्रुनो फर्नान्डेज, इंग्ल्यान्डका बुकायो साका र अर्जेन्टिनाका लियोनल मेसीले दुई–दुई गोल गरेका छन् ।