०१ असार २०८३, सोमबार

उत्तर कोरियाले आक्रमणको चेतावनी दिएको अमेरिकाको गुआम बारे थाहा पाउनुस्

कात्तिक २०, २०७४
उत्तर कोरियाले आक्रमणको चेतावनी दिएको अमेरिकाको गुआम बारे थाहा पाउनुस्
काठमाडौं, २८ साउन– यस हप्ता अमेरिका र उत्तर कोरिया वाकयुद्धमा उत्रिए । एकले अर्कालाई युद्धको धम्की दिएका समाचारहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाइरहे ।

जब उत्तरले गुआममा आक्रमण गर्ने धम्की दियो तब सवैको ध्यान त्यसतर्फ गएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले गुआममा हमलाको समाचार चलाएको थियो । उत्तर कोरियाको सैन्य अधिकारीले यो योजना पेश गरेका थिए कि कसरी उत्तर कोरियाली मिसाइलले प्रशान्त महासागरको यो द्वीपको यसै महिना निशानामा पार्ने छ ।

उत्तर कोरियाको यो धम्की अमेरिकी राष्ट्रपतिको त्यस भनाइपछि आएको थियो कि यदी उत्तर कोरियाको आक्रामक व्यवहार नरोकिने हो भने विश्वले नदेखेको हमलाको सामना गर्न तयार रहनु पर्ने छ ।

यो तनावको बीच एक जासूसी रिपोर्ट यो पनि आएको छ की उत्तर कोरियाको मिसाइल साना परमाणु हतियार युक्त हुन सक्षम रहेको छ ।

गुआम एक अलग रहेको एक द्वीप हो जसको पहिचान अमेरिकी सैन्य अड्डाको रुपमा रहेको छ । गुआको बारेमा हामी केही जानकारी दिँदै छौं ।

गुआम अमेरिकाको कसरी भयो ?

गुआममा पोर्चुगलको खोजकर्ता फ्रेडिनेड मजेलनको पत्ता लगाएको ४० वर्षपछि १५६५ मा स्पेनले यसमाथि दाबा गरेको थियो । १८९८ मा स्पेन अमेरिका युद्धसम्म गुआममा स्पेनको शासन रहेको थियो । यस पछि स्पेनले पेरिस सन्धिको माध्यबाट गुआम अमेरिकालाई हस्तान्तरण गरेको थियो ।

१९४१ मा पर्ल हार्वर हमलापछि गुआममाथि जापानको अस्थायी नियन्त्रण थियो । तर तीन वर्ष पछि अमेरिकाले फेरि गुआम आफ्नो नियन्त्रणमा लियो । गुआम १९५० मा आधिकारिक रुपमा अमेरिकी क्षेत्र बन्यो र यो अमेरिकाको डिपार्टमेन्ट अफ नेवीको अन्तर्गत रहेको छ ।

१९५० मा अमेरिकी संसदले एक कानून पास गरेको थियो त्यसपछि गुआमका नागरिकले अमेरिकी नागरिकता पाए । तर पनि गुआमका मानिसले अमेरिकी राष्ट्रपति चुनावमा भोट हाल्दैनन् । गुआम मा १९७० मा पहिला पटक गवर्नर छानेको थियो ।

गुआममा अमेरिकी नेवीको एक बेस क्याम्प छ । यससाथै त्यहाँ अमेरिकी एयरफोर्सको बेस छ । त्यहाँ अमेरिकी वमवर्षक र लडाकु विमान राखिने गरिएको छ ।
एक रिपोर्टका अनुसार करि ७ हजार अमेरिकी सैनिक आफ्नो परिवारका साथ त्यहाँ रहने गरेका छन् । त्यहाँको कुन जनसंख्या १ लाख ६० हजार छ । यो प्रसिद्ध पर्यटन स्थल ट्यूमोनको दुई सैन्य अखडाको बीचमा छ ।
गुआम उत्तर कोरियाको नजिकको अमेरिकी इलाका हो । दुई देश बीचको दुरी ३ हजार ४ सय २७ किलोमिटर छ ।

salt training

कमेन्ट गर्नुहोस्