०३ साउन २०८३, आइतबार

उद्धवले जिते दोहोरो पदक

मंसिर १३, २०७९
उद्धवले जिते दोहोरो पदक

नेपाली भेट्रान खेलाडी उद्धव थापा मगरले  वर्ल्ड युनिफाइड मार्सल आर्ट्स ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । युकेको ओर्चेस्टरमा नोभेम्बर २७ तारिखमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । उद्धवले ४५ वर्षमाथि उमेर समूहमा सफलता हात पारेका हुन् ।

नेपाल उमा कुङफु संघका संस्थापक अध्यक्ष उद्धव हाल उमा कुङफुका सहायक मुख्य प्रशिक्षक हुन् । अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका उद्धव फाइट ब्याक सेल्फ डिफेन्स नेपालका प्रमुख प्रशिक्षक हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्