माघ १५, २०७९
चलचित्र ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षपछि यसको सिक्वेल निर्माणको घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमकाबीच ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ ...
काठमाडाैं | मंसिर १४, २०७९
मिलन चाम्सको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘गोर्खा वारियर’को फर्स्टलुक सार्वजनिक गरिएको छ । मंगलवार फर्स्टलुकस्वरुप चलचित्रका तीनवटा पोष्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोष्टरमा चलचित्रमा मुख्य कलाकारहरु विजय लामा, रितेश चाम्स, रियर राईलगायतलाई प्रस्तुत गरिएको छ । गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई पोष्टरमार्फत फस्ट लुकका रूपमा प्रस्तुत गरिएको हो ।
युद्ध मैदानमा उनीहरूले देखाएको बहादुरीलाई पोष्टरमा हेर्न सकिन्छ । १९४९ मा भएको विश्व युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई आधार बनाएर निर्माण गरिएको चलचित्रलाई अर्को वर्ष (२०२३) मा रिलिज गर्ने तयारी छ ।
लण्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रमा रेविका गुरुङ, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राईलगायतको पनि अभिनय छ ।
चलचित्रको निर्मातामा सुस्मिता वाइवा र सुमन राई, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा सुरेश राई छन् ।
मिलन चाम्स र गिरीराज घिमिरेको लेखन रहेको चलचित्रमा सुदीप बरालको छायांकन, अर्जुन बीसीको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत र एलिस कार्कीको संगीत छ ।
नेपाली, हिन्दी र अंग्रेजीसहित तीन भाषामा निर्माण गरिएको चलचित्र नेपालसहित विश्वका चलचित्र हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन् । गोर्खा सैनिकको बहादुरी र युद्धका विषय मनपर्ने दर्शकहरूलाई चलचित्रले आकर्षित गर्ने देखिन्छ ।
चलचित्र ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षपछि यसको सिक्वेल निर्माणको घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमकाबीच ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ ...
अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २.०’को आधिकारिक टिजरले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ । शुक्रवार सार्वजनिक टिजरले आइतवार बेलुकासम्म ५ लाख ८० हजार बढी भ्युज पाएको छ । १ मिनेट ४६ ...
वरिष्ठ अभिनेता हरिवंश आचार्य र लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियारबीच सांगीतिक सहकार्य भएको छ । यी दुईको स्वरमा एउटा गीत रेकर्ड भइसकेको छ । ‘काउली’बोलको उक्...
अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा आफूलाई समय भन्दा क्यारेक्टरले अर्थ राख्ने बताएकी छिन् । आइतवार चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को घोषणा कार्यक्रममा बोल्दै उनले क्यारेक्टर बलियो भए ...
गत महिना प्रदर्शनमा आएको चलचित्र ‘डिसेम्बर फल्स’ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन् । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले राम्रो हाइप बनाएपनि चलचित्र हेर्न दर्शक...
चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा ‘महापुरुष’लाई सहभागी नगराउन निर्माण टिमले अनुरोध गरेको छ । साथै, निर्माण टिमले आफूहरूसँग अनुमति नलिई &lsquo...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...