०५ साउन २०८३, मंगलबार

विश्वकपमा अमेरिकासँग हारेपछि इरानका खेलाडीमाथि झुण्डियो तरवार

मंसिर १४, २०७९
विश्वकपमा अमेरिकासँग हारेपछि इरानका खेलाडीमाथि झुण्डियो तरवार

कतारमा चलिरहेको फूटबल विश्वकपमा इरान अमेरिकासँग हारेर प्रतियोगिताबाट बाहिरिएपछि खेलाडीहरूको टाउकोमाथि राज्यको तरवार झुण्डिएको एक अमेरिकी गुप्तचरले बताएका छन् । 

‘इरान सरकारको रवैया देख्दा उनीहरू निकै क्रूर छन् जस्तो लाग्छ,’ सीआईएका एक पूर्व अधिकारीले बताए, ‘अहिले आएर उनीहरूको व्यवहार बदलिएला जस्तो लाग्दैन ।’

इरानका खेलाडीहरू निकै गम्भीर परिस्थितिमा रहेको उनको भनाइ छ । 

गत साता इरानका खेलाडीहरूले इंग्ल्यान्डविरुद्धको खेलअघि राष्ट्रिय गान समेत गाएका थिएनन् । सेप्टेम्बर महिनामा धार्मिक प्रहरीको हिरासतमा मारिएको भनिएकी माहसा अमिनीको मृत्युपछि देशभरि विरोध प्रदर्शन भइरहेकोमा खेलाडीहरूले प्रदर्शनको समर्थन गर्न राष्ट्रिय गान नगाएका हुन् । 

देशमा भएको विरोध प्रदर्शनमा कम्तीमा ४५१ जनाको मृत्यु भइसकेको बताइएको छ । 

इंग्ल्यान्डविरुद्ध राष्ट्रिय गान नगाएपछि खेलाडीहरूलाई यातना र कैद सजायको धम्की दिइएको थियो । त्यसपछि वेल्स र अमेरिकाविरुद्धको खेलमा उनीहरूले राष्ट्रिय गान गाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्