३२ असार २०८३, बिहीबार

शाक्यमुनि बुद्धको मूर्ति प्रतिस्थापन

मंसिर १४, २०७९
शाक्यमुनि बुद्धको मूर्ति प्रतिस्थापन

बनेपा नगरपालिका–८ वाहावही ज्ञान विहारबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति आज सोही स्थानमा प्रतिस्थापन गरिएको छ ।  

वहीटोलस्थित मन्दिरबाटै हराएको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको थियो । मूर्ति २०३५ सालमा चोरी निकासी गरी विदेश लैजाँदै गरेको अवस्थामा एयरपोर्टमै फेला पारी छाउनीमा संरक्षण गरी राखिएको राष्ट्रिय सङ्ग्रहालय छाउनीका कार्यकारी निर्देशक जयाराम श्रेष्ठले जानकारी दिए । स्थानीयको आस्था र धरोहर बोकेको उक्त मूर्ति अष्ट धातु र मेटलबाट निर्मित भएको श्रेष्ठले बताए । 

कलात्मकरुपमा निर्माण गरिएको उक्त मूर्ति १७ औँ सताब्दीमा बनेको निर्देशक श्रेष्ठले जानकारी दिए । मूर्ति हराएलगत्तै विहारका पदाधिकारी र स्थानीयले खोजीको लागि पुरातत्व विभागमा निवेदन दिएका थिए । खोजीका क्रममा मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको पत्ता लागेको थियो । मूर्ति सबै सरकारी प्रक्रिया पूरा गरी नियमसङ्गत रुपमा फिर्ता गरी प्रतिस्थापन गरिएको निर्देशक श्रेष्ठले बताए ।   

हराएको बुद्धमूर्ति बुधबार बाजागाजासहित स्थानीयवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिएको बनेपा नगरपालिकाका नगर प्रमुख (मेयर) शान्तिरत्न शाक्यले बताए । 

salt training

कमेन्ट गर्नुहोस्