०७ असार २०८३, आइतबार

आज पनि भारी वर्षा : कहिलेबाट आउँछ मौसममा सुधार ?

कात्तिक २०, २०७४
आज पनि भारी वर्षा : कहिलेबाट आउँछ मौसममा सुधार ?


काठमाडौँ, २९ साउन - मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा तीन दिनयता भारी वर्षात् भएको छ ।badhi

बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले आज पनि वर्षात् हुने मौसमविद् सुजन सुवेदीले जानकारी दिए । उनका अनुसार आज देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ ।
हिजो देशका धेरैजसो स्थानमा भारी वर्षा भएको थियो | महाशाखाले सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाएको छ ।

महाशाखाका अनुसार शनिबार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा ३० मिलिमिटर वर्षात् भएको छ ।

तीन दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ ।

गृह मन्त्रालयका अनुसार घटनामा परी हालसम्म ३३ जनाको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्