२८ जेठ २०८३, बिहीबार

बारामा तेलहन खेती बढ्यो

मंसिर १८, २०७९
बारामा तेलहन खेती बढ्यो
प्रतिकात्मक तस्वीर

यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १० हजार ३०० हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् ।

गत वर्ष १० हजार २७० हेक्टरमा खेती गरिएको थियो । 

केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर १ मेट्रिक टन उत्पादन हुने गरेको बताए । उनका अनुसार विक्रम संवत् २०७२/७३ मा भने प्रतिहेक्टर १ दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । विक्रम संवत् २०७३ देखि २०७७ सम्ममा कृषकले ११ हजारदेखि १२ हजार हेक्टर क्षेत्रफलमा खेती गरिँदै आए पनि उत्पादकत्वमा भने उल्लेख्य सुधार नभई वृद्धिमा कमी हुँदै आएको थियो ।

गुणस्तरीय बीउको उत्पादन नहुनु, कृषकले आफ्नै घरमा रहेको बीउको प्रयोग गर्नु, समयमा मलखाद चाहिने जति प्रयोग नगर्नुजस्ता कारणले पनि उत्पादकत्वमा कमी आएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्