१० असार २०८३, बुधबार

नयाँ बन्ने सरकारलाई प्रदेश राजधानीको कार्यभार सुम्पिन रुपन्देही कांग्रेसको आग्रह

मंसिर १८, २०७९
नयाँ बन्ने सरकारलाई प्रदेश राजधानीको कार्यभार सुम्पिन रुपन्देही कांग्रेसको आग्रह

नेपाली कांग्रेस रुपन्देहीले स्थायी संरचना नबन्दै लुम्बिनी प्रदेशको राजधानी नसार्न आग्रह गरेको छ ।

नवनिर्वाचित प्रदेश सभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन समेत कांग्रेसले आग्रह गरेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले आइतवार जारी गरेको विज्ञप्तिमा मुकाम कहाँ राख्ने र सार्नेभन्दा पनि प्रदेशवासीको दिनचर्यासँग कसरी प्रदेशसभाको कानून निर्माण प्रक्रियालाई जोड्न सकिन्छ भन्ने कुरातिर केन्द्रित हुन आग्रह गरिएको छ । 

अहिलेको निर्वाचनबाट प्राप्त सांकेतिक अभिमतलाई दृष्टिगत गरी प्रदेश मुकाम जहाँ छ त्यहीबाट सेवा प्रवाहमा चुस्तता साथै सुशासनमा दृढताका साथ उभिन प्रदेश सरकारलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

कर्मचारी आवास, प्रदेश सभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबरजस्ती लैजानु प्रतिकूल असर पर्ने देखिएको भन्दै राजधानी हतारमा सार्नेभन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन खाँणको आग्रह छ ।

यसैबीच नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा नवनिर्वाचित सांसद विष्णु पौडेलले विना तयारी र पूर्वाधार लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न नहुने बताएका छन् । नयाँ गठन हुने लुम्बिनी प्रदेशसभाले राजधानीको विषय पुनर्विचार गर्न सक्ने उल्लेख गर्दै उनले हतारमा निर्णय गर्न नहुने बताए ।

प्रदेश सरकारले मंसिरभित्रै जबरजस्ती प्रदेश राजधानी दाङको भालुवाङ लैजान हतारिएकोमा विरोध भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्