
नेपालकै अग्रणी तथा सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्न सफल शिवम् सिमेन्टले सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्गलाई दिँदै ‘शिवम्सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना लिएर आएको छ ।
‘शिवम्सँग उपहार टन्न’ नामक यस योजनाअन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्नेछन् । उक्त कुपन स्क््रयाच गरी रु. २०० देखि रु. ५०० सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सक्नेछन् ।
सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउनेछन् । जसअनुसार हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकहरूलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौँथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्र मार्फत जित्न सक्नेछन् ।
अन्तिम महिनामा प्राप्त कुपनहरू मसिक लक्की ड्रमा समावेश नभई मेघा लक्की ड्रमा मात्र समावेश गरिने छ । मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजनाअन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकहरूले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन् ।
लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दाबी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।
यो उपहार योजना यही मंसिर १८ देखि नेपालभर लागू गरिएको छ । स्क््रयाच मार्फत हात खाली नजाने पक्का उपहारअन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम् सिमेन्टको बिक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ । एकपटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरूलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ ।
शिवम् सिमेन्ट एक मात्र ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै ग्राहकहरूद्वारा रुचाइएको एकमात्र सिमेन्ट उद्योग हो । ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुंगाबाट गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो ।
शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न ठूला–ठूला आयोजनाहरूका अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको छ ।
नेपालकै एक मात्र असली ओपीसी सिमेन्टको उपनामबाट समेत परिचित शिवम् सिमेन्टलाई ग्राहकहरूले दिएको साथ अनि गरेको विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्टको सूचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन र बिक्रीमार्फत यस सम्बन्धलाई थप उचाइतर्फ लैजाने प्रतिबद्धतासमेत कम्पनीले जनाएको छ ।
‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवासमेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआईइस, आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।