
भारतको उत्तराखण्ड राज्यमा रहेको रुद्रपुरस्थित जिल्ला अस्पतालमा एक चिकित्सकले लापरवाही गरेकाले नवजात शिशुको मृत्यु भएको आरोप लागेको छ ।
डेलिभरी हुनेबित्तिकै शिशुको मृत्यु भएपछि रिसाएका आफन्तहरूले चिकित्सकमाथि रक्सी पिएर सर्जरी गरेको आरोप लगाएका छन् ।
नातेदार र चिकित्सकहरूबीच झडप समेत भएको छ ।
अस्पतालमा पुगेको प्रहरीले दुवै पक्षलाई शान्त गराएको थियो । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
प्रहरीका अनुसार, गदरपुरमा बस्ने फईमकी पत्नी नगमा गर्भवती थिइन् । उनलाई अस्पताल ल्याउँदा चिकित्सकहरूले बच्चा नर्मल डेलिभरीबाट जन्मिने बताएका थिए । तर जन्मेबित्तिकै मरेपछि फईम र उनका नातेदारहरू चिकित्सकसँग भड्किएका हुन् ।
नवजात शिशुको शरीरमा काटिएको चिह्न देखिएकाले चिकित्सकमाथि सन्देह गर्नुपर्ने उनीहरूको भनाइ छ ।