२९ जेठ २०८३, शुक्रबार

प्रभु शाह र सिके राउतबीच भेटवार्ता

मंसिर १८, २०७९
प्रभु शाह र सिके राउतबीच भेटवार्ता

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके) र स्वतन्त्र सांसद प्रभु शाहबीच आइतवार भेटवार्ता भएको छ । आफूहरूबीच भेटवार्ता भएको सांसद शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । 

भेटका क्रममा आफूहरूबीच समसमायिक राजनीतिक विषयवस्तुमा केन्द्रित रही छलफल भएको शाहले जानकारी दिए । 

जनमत पार्टीका अध्यक्ष राउत सप्तरी –२, बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । शाह भने नेकपा एमालेले दिएको टिकट परित्याग गरी रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार भई निर्वाचित भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्