२५ जेठ २०८३, सोमबार

मकाउ अन्तर्राष्ट्रिय म्याराथनलमा १० हजारभन्दा बढी धावक सहभागी

मंसिर १८, २०७९
मकाउ अन्तर्राष्ट्रिय म्याराथनलमा १० हजारभन्दा बढी धावक सहभागी

करिब १२ हजार धावकले भाग लिएको ४१औँ मकाउ अन्तराष्ट्रिय म्याराथन आइतबार सम्पन्न भएको छ । चिनियाँ धावक गुआन युसेङले २:१९:०३ सेकेन्डमा ली बो र नियान्जे एटीलाई हराएका छन्।  त्यस्तै ली मेइजेनले २:४०:२६ सेकेन्डमा ची लिंग्जी र चेन लिकिनलाई पछि पार्दै महिला उपाधि जितेकी हुन् ।

यस वर्षको मकाउ अन्तरराष्ट्रिय म्याराथनमा म्याराथन, हाफ म्याराथन र ४.५ किलोमिटरको मिनी म्याराथन पनि समावेश छ। स्थानीय धावक र अन्य स्थानबाट आएकाहरूले विभिन्न घण्टामा दौड  शुरु गरेका थिए।
मकाउ एथलीट वर्गमा  पुरुष म्याराथनमा शीर्ष तीनमा चान काई उन, कुओक ची वाइ र फोङ इङ वाइ  सहभागी थिए भने महिला म्याराथनमा शीर्ष तीनमा उ याङयाङ, चेओङ लाइ पेङ र माक होइ चेङ रहेका छन् । 
 सिनियर ट्रफी ६८ वर्षीय ली गुइहुआले जितेका  छन्।

salt training

कमेन्ट गर्नुहोस्